काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । बुधबार बढेको नेप्से २ हजार १ सय ४१.८७ अंकमा कायम भएको छ । दिनभर ७ अर्ब ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार ४५.९८ अंकले बढेको नेप्से २ हजार १ सय ६.४८ अंकमा कायम भएको थियो भने ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको थियो । कुल ३०६ वटा कम्पनीमध्ये १६१ वटा कम्पनीकाे सेयर मूल्य बढ्यो भने ७८ कम्पनीको मूल्य घट्यो । ५ वटा स्थिर रह्यो ।
बुधबार जिवन बीमा, उत्पादन तथा प्रशोधनमा लगानीकर्ताको आकर्षण रह्यो । उत्पादन तथा प्रशोधन उपसमुह ४००.३८ अंक, जिवन बीमा २३१.५३ अंकले बढ्यो भने होटल तथ पर्यटन ११५.१८ र निर्जिवन बीमा १०.१४ अंकले घट्यो । बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, लीवर्टी इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।