काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद सदस्यमा आफ्नो तर्फबाट रामप्रसाद श्रेष्ठलाई पठाएको थियो । उनै श्रेष्ठ अहिले आएर बारका लागि गलपासो बनेका छन् ।
यतिसम्म कि बारले निर्णय नै गरेर आफैंले पठाएको श्रेष्ठलाई अब विश्वास नरहेको ठहर समेत गरिसकेको छ । बारले श्रेष्ठको सिँधै राजीनामा माग नगरेपनि घुमाउरो भाषामा राजीनामा दबाब थपेको हो । बारको पछिल्लो समय बसेको बैठकले उनीमाथि विश्वास नरहेको निर्णय गरेको हो ।

श्रेष्ठ नेपाल बारएसोसिएसनको सिफारिसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए । पछिल्लो समय न्याय परिषद्‌मा भएका निर्णहरूमाथि श्रेष्ठले बारसँग कुनै सल्लाह नगर्ने, बारको चासो नराख्ने, आफूखुशी चल्ने र न्यायापालिकाको अहित हुने निर्णयमा साक्षी बनेको आरोप बारले लगाएको छ । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बारले श्रेष्ठका सम्बन्धमा निर्णय गरेको बताएका छन् ।

बारको यस्तो निर्णयले श्रेष्ठ भने अप्ठ्यारोमा परेका छन् । सिफारिसकर्ता बारले नै विश्वास नरहेको निर्णय गरेपछि उनलाई पदमा बसीरहन नैतिक रुपमा प्रश्न उठेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।