Monday, October 12, 2026
19.5 C
Kathmandu
Home ब्यानर न्युरोड क्षेत्रमा सवारी साधन पार्किङमा निषेध

न्युरोड क्षेत्रमा सवारी साधन पार्किङमा निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ। महानगरपालिकाले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोक लगाएको हो ।

पार्किंगमा रोक लगाएपछि न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए।

महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ।काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जनाइएको छ ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ। महानगरले यसअघि झोँछे क्षेत्र, दरबारमार्ग लगायतका स्थानमा पनि सवारी पार्किङ निषेध गरेको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।