काठमाडौँ । प्रभु बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई यो वर्ष लाभांश वितरण नगर्ने भएको छ ।


बैंकको ३२१औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो । गत आर्थिक वर्षको वित्तीय रिपोर्ट स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र आगामी साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ ।

सरकारको चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओबापतको कर उठाउने निर्णयलाई अदालतले सदर गरेसँगै प्रभुले ५ करोड रुपैयाँ कर बुझाएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।