मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ । प्रदेश सरकारको मंगलबार बिहान बसेको बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौता अनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले पेश गरेको ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत बेहोर्न सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएका हो । महानगरपालिकासँगको सम्झौता अनुसार प्रदेश सरकारले रंगशालाका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा उक्त रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको ७५ करोड रुपैयाँको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।