काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १८ हजार रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । विगत ३ दिनमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ । आइतबार ६ सय, सोमबार ४ सय र मंगलबार ५ सय रुपैयाँ मूल्य घटेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।