ज्यान मार्ने धम्की दिँदै ५ करोड फिरौती मागेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४ का दीपकबहादुर क्षेत्री छन्।

उनीहरूले पोखरा–१६ लामाचौरका सच्चाई सेवा केन्द्र संचालक तथा सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाशदीप गैरेलाई धम्की दिएर ५ करोड फिरौती माग गरेको प्रहरीले जनाएको छ। उनीहरूले गैरेलाई फोन तथा म्यासेजमार्फत हत्या गर्ने धम्की दिएका थिए। गैरेका परिवारलाई समेत हत्या गर्ने उनीहरूले धम्की दिएको प्रहरीले बताएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।