काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि पठाएको बजेट सिलिङमा अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको सिलिङ पाएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले १ खर्ब ३१ अर्ब ५९ करोड बजेट पाएको छ ।

आगामी आर्थिक वर्षमा सरकारलाई बजेटको आकार १८ खर्ब रुपैयाँ भन्दा नबढाउन आयोगको सिफारिस छ । तर, यस्तो सिलिङप्रति विकासे मन्त्रालयले भने असन्तुष्टि जनाएको पाइएको छ ।

शहरी विकास मन्त्रालयको बजेट सिलिङ भने चालु आर्थिक वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले ४६ अर्ब ४९ करोड बजेट पाएको थियो । तर, आगामी वर्षका लागि शहरी विकासले ४५ अर्ब ८० करोडको सिलिङ पाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।