काठमाडौँ — सरकारले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरिएको हो ।

मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको जानकारी दिइन् । हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् । उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।