काठमाडौँ — लगानी बोर्ड नेपालले ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि विभिन्न चार आयोजनाका लागि ९९ अर्ब २० करोड बराबर लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले एक सय ६६ मेगावाट क्षमताको सुपर तमोर आयोजनाका लागि ३४ अर्ब ५९ करोड, ४२ मेगावाट क्षमताको अपर मोदी–ए आयोजनाका लागि १० अर्ब आठ करोड, दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा ९राइजेन इनर्जी सिङ्गापुर० का लागि २१ अर्ब १० करोड र एक सय ३९ दशमलव २ मेगावाट क्षमताको तल्लो मनाङ मर्याङ्दी जलविद्युत् आयोजनाका लागि ३३ अर्ब ४१ करोड लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्याङ्दी आयोजनामा विदेशी लगानी स्वीकृत भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।