काठमाडौँ १२ वैशाख । कतारले नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न एक संयुक्त संयन्त्र बनाउनेे भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल बीच सोल्टी होटलमा भएको वार्तामा नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउन कतार तयार भएको हो ।

प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री दाहाल र अमिर तमिमबीच एकदमै सौहार्दपूर्ण, हार्दिक र आत्मिय भेटघाट र वार्ता भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।