काठमाडाैं । नेपाल र कतारबीच सञ्चार सम्बन्धी एक मात्र सम्झाैता भएकाे छ । नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएका हुन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएको हो ।

राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको हो । बाँकी ५ वटा समझदारीमा कला संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यसम्बन्धी छन् । दुईटा समझदारी नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएका हुन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।