काठमाडौं । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले इलामेली जनताको शीर कहिल्यै झुक्न नदिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण कार्यक्रममा सुहाङले जनताको हरेक मतको सम्मान गरेर अघि बढ्ने बताएका हुन् । ‘म हरेक मतको सम्मान गरेर अघि बढ्नेछु,’ उनले भने, ‘इलामेली जनताको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’
प्रतिनिधिसभा सदस्य सुहाङले बुबा सुवासचन्द्र नेम्वाङले देखाएको उज्यालो बाटो समाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए । उनले हरेक मतदाताको एक-एक मतको सम्मान गर्ने पनि बताए । उनले इलामको विकास गर्न सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने बताए ।
Comments