काठमाडौं । शेयरबजार परिसूचक नेप्से आज मंगलबार दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक २५.९३ अंकले बढेर २००६.२८ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३२० कम्पनीका १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ। जस मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक १८ करोड २४ लाख, पोखरा फाइनान्सको १७ करोड १ लाख, गोर्खाज फाइनान्सको १६ करोड २५ लाख तथा कामना सेवा विकास बैंकको १२ करोड ९५ लाखको कारोबार भएको छ ।
Comments