उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाले सहकारी भनेकै रवि लामिछाने भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन्। शनिबार चितवन आएका मन्त्री लामिछानेले पत्रकाहरूसँगको कुराकानीमा अरूले बनाइदिएको भाष्यलाई बोकेर नहिँड्न पनि आग्रह गरे।

‘सहकारी भनेकै रवि लामिछाने भन्ने भाष्य कसैले बताइदियो। तपाईंहरू अरूले बनाउन खोजेको भाष्य लिएर। अरूले उठाएको प्रश्न लिएर नहिँड्नुस्। आफ्नै प्रश्न तयार पार्नुस्,’ पत्रकारहरूलाई मन्त्री लामिछानेले भने।

उनले आफू गृहमन्त्री भएपछि कैयौं राम्रा कामहरू भएपनि सहकारी सहकारी भनेर त्यसलाई ओझेल पार्न खोजिएको पनि बताए। ‘डेढ दुई महिनामा भएका कामहरू हेर्नुभयो भने राम्रा काम भएका छन्। सहकारी सहकारी भन्नुभयो भने सबै छोपिन्छ,’ उनले भने।

कतिपय कुराहरू जटिलताका कारण परिणाम आउन समय लाग्ने उनले बताए। त्यसकारण कहिलेकाहीँ केही कुराहरू भएन भने लुकाउन खोज्यो कि छोप्न खोज्यो कि भन्ने अर्थमा नबुझिदिन उनले आग्रह गरे।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।