काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको बचत रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताका प्रमाण सरकारी अड्डाहरूमै यथेष्ट रहेको बताएका छन् ।
जीबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं बचतकर्ताको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरू प्रयोग गरेर ठगी गरेकोमा कुनै द्विविधा नरहेको थापाको भनाइ थियो ।
Comments