काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि सेयर बजारमा उत्साह आएको बताएका छन् । संसदमा विश्वासको मत लिनेक्रममा आइतबार बोल्दै उनले वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सेयर बजार जस्तै देश नै चलायमान बताउने समेत बताएका छन् ।
प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार ४ सय अंकले बढिसकेको छ । सेयर बजार २७ महिनाकै यता आएको छ । यो हाम्रो सरकार बनेपछि भएको हो । हाम्रो सरकारप्रतिको विश्वासकै कारण यो सम्भव हो । अब सेयर बजारमात्र होइन, पूरै बजार चलायमान बनाइनेछ ।’
Comments