काठमाडौँ । शेयर बजार आज पनि बढेर बन्द भएकोे छ । सरकार परिवर्तनसँगै प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा सरकार बनेदेखि बजारमा उत्साह आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.३६ अकंले बढेर २४८४.६८ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज प्रधानमन्त्री ओलिले संसदमा नै अर्थतन्त्रको ऐना शेयर बजार हरियो भइरहेको उल्लेख गर्दै देशकै बजार बढ्ने बताएका छन् । मौद्रिक नीति समेत लचिलो आउने आम लगानीकर्ताको विश्वास भएको छ ।
Comments