नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत साउन २९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार आठ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा भने आइतबार सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।