काठमाडौं । श्रीमतीसँगकाे कीर्ते मुद्दामा दाेषी ठहरिएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।

३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेसँगै कारागार चलान गरिएको छ । उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।