काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले त्रि.वि.अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाल अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने निर्णय गरेको हो ।
Comments