काठमाडौं । केही समयदेखि निरन्तर रुपमा ओरालो लाग्दै आएको सेयर बजार बुधबार पनि घटेको छ । आज नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ ।

नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । बजार घटेसँगै आज नेप्से २४७० मा कायम भएको छ । बजार घटेपनि कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६८ करोडको भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।