काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले राजदुतमा नाम अनुमोदन नहुने भएपछि नाम फिर्ता लिएका छन् । व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन संसदीय सुनुवाइ समितिमा दर्ता गराएका हुन् ।
उनको राजदुतका लागि न्यूनतम योग्यता पुगेको थिएन । राजदुतका लागि स्नातक पास गर्नुपर्ने व्यवस्था रहेको छ । न्यूनतम योग्यता नपुगेपछि उनको नाम अनुमोदन नहुने पक्कापक्की जस्तै भएको थियो ।
Comments