काठमाडौं । पछिल्लो समय अभियान्ताका नामबाट परिचित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले छोड्न अस्वीकार गरेको छ ।

साइबर अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका उनलाई छाड्न माग गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंलाई छोड्ने आदेश दिन अस्वीकार गरेको हाे । प्रसाईंका सम्बन्धमा के कसो भएको हो भनी सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । प्रसाईंलाई पक्राउ गरेपछि थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

प्रसाईंले रास्वपा केन्द्रीय सदस्य संग्रौलाविरुद्ध ‘फेक सूचना’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्यसका विरूद्व उजुरी परेकाे थियाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।