काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। 

पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो।

 यो अवधिमा नेपालबाट ३५ करोड रूपैयाँ बराबर रेमिटेन्स बाहिरिएको छ। यसअघिको वर्ष एक महिनामा ८३ करोड रूपैयाँ बाहिरिएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।