विराटनगर । सहकारी ठगीको आरोपित सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला बुधबार जिल्ला अदालतमा उपस्थित भएकी छिन् । उनी मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी छिन् ।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्।
Comments