काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् ।
प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रदान गर्दै आएको छ ।
शाखाको काठमाडौंमा आज सम्पन्न चौथो अधिवेशनमा यस वर्षको स्मृति पुरस्कार रोकालाई प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका रोका हाल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्ष समेत रहेका छन् । उनी हेलाेखबरकर्मी समेत हुन् ।
अधिवेशनले राममणी घिमिरेको नेतृत्वको शाखाको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।