काठमाडौँ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । भीआईपी सवार गाडीको ठक्करबाट मोटरसाइकलाई ठक्कर दिएपनि मानवीय क्षति भने भएको छैन ।

गाडीले ठक्करले मोटरसाइकलको लुकिङ ग्लास फुटेको छ भने सामान्य मोटरसाइकलमा क्षति पुगेको छ ।

मन्त्रीको सचिवालयले मोटरसाइकलमा पुगेको क्षति बेहोरेपछि दुवै पक्षको बिचमा मिलापत्र भएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।