काठमाडौं ७ माघ ।

कृषि विकास बैंकको २० प्रतिशत बोनशका चाहने सेयरधधनीका लागि १५ माघको समय तोकिएको छ ।
कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस वितरण गर्न माघ १५ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । 
यसअनुसार माघ १४ गते आईतबारसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्ने छन् । बोनस पारित गर्न माघ २९ गते बैंकले साधारण सभा बोलाएको छ ।
बैंकले चुक्ता पूँजी ७ अर्ब आठ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशत बराबरको एक अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बोनस वितरण गर्न लागेको हो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।