काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले एउटा मन्त्रीको गलत कार्यले संस्था भताभुङ्गकाे अवस्था आएकाे भन्दै खबरदारी गर्नुपर्ने बताएका छन् ।


शुक्रवार पत्रकार सम्मेलन गर्दै घिसिङले अहिलेकाे उपलब्धी समग्र प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम भएकाे बताए ।


‘हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्‍यो, राष्ट्रको आर्थिक बचत गयौँ र जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्यौँ ।’ आफ्नो कार्यकालको कामबारे जानकारी दिँदै उनले भने, ‘प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ । तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था विद्यमान छ । यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ ।’


घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको समेत बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।