काठमाडौं । काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला कारागार भैरहवा, रुपन्देहीमा जेल चलान भएका छन् ।
उनलाई सोमबार कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो ।
४ नम्बर ब्लकमा १० जना कैदी बस्ने क्षमता भएपनि अहिलेसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको कारागारले जनाएको छ ।
Comments