काठमाडौं । राजावादी समुहले गत १५ चैतमा गरेकाे हिंसात्मक आन्दाेलनमा तीनकुनेको एउटा घरमा भएको आगजनीलाई लिएर पत्रकार एनी कुँवर पक्राउ परेकी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले आज पक्राउ गरेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजक जलेका थिए । कतिपयले घटनामा एनीको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् ।
कुँवरले घटनाकाे दिन नै सार्वजनिक गरेकाे एक लाइभ भिडियाेमा आगाे लागिरहेकाे घरमा माान्छे रहेकाे भन्दै हेलिबाट भएपनि बचाउन आग्रह गरिरहेकाे देख्न सकिन्छ ।
प्रहरीले अर्काको घरमा अनधिकृत प्रवेश गरेको पुष्टि भएकाले कुँवरलाई अनुसन्धानका लागि पक्राउ गरिएकाे जनाएकाे छ ।
Comments




