काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउने विषयमा कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेपनि कोही पनि सम्पर्कमा नआएको उल्लेख गरेका छन् ।

मधेश प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा आज उनले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर जनकपुर आएर मैले आफैंले टिकट काटेर रेल चढेँ । मैले साथीहरूलाई भनेको थिएँ, जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न ।’

विगतमा जनकपुर–जयनगर रेल चलेर लामो समयसम्म बन्द भएको तर अघिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा पुनः चलाउन सुरु गरेको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।