काठमाडौँ । ट्रकभित्र बरामद गरिएको करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा तस्करीको आरोपमा दुई जनाविरुद्ध अभियोगपत्र दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले काठमाडौंको टोखाबाट बरामद ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका फुच्चे भनिने कुसाङ लामा र नारायण पौडेललाई मुख्य अभियुक्त बनाई अभियोगपत्र दायर गरेको हो ।
मंगलबार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
युरो र डलर बरामद भएलगत्तै पौडेल भने सम्पर्कविहीन छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
Comments







