काठमाडौँ । सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । मंगलबार प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा दुई हजार ७ सय रुपैयाँ बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।