काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको छिन् ।
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आज शिक्षक आन्दाेलन २० दिनमा प्रवेश गरेकाे छ।
शिक्षक महासंघसँग बारम्बार संवाद भएपनि आन्दाेलन स्थगित नभएपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
Comments