काठमाडौं । हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने तयारी गरेकाे छ । बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हाे ।
बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० अनुपात कायम गर्न प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट यो प्रस्ताव अनुमोदन गरेको छ । अब धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले एफपीओ जारी गर्नेछ ।
Comments