काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षमा पेट्रोलियम पदार्थमार्फत चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने भएकाे छ ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्तो मापदण्ड लागू गर्ने जानकारी दिएका हुन् ।
त्यसैगरी, आगामी नीति तथा कार्यक्रममार्फत राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनःसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ ।
त्यस्तै, वातावरणीय अध्ययन तथा मूल्यांकन प्रक्रिया सहज बनाइने, संरक्षण क्षेत्रमा मानव र प्रकृतिसँग अस्तित्व कायम गरिने र वायु गुणस्तर कार्ययोजना लागू गरिनेछ ।
Comments