काठमाडौँ । स्पेन भिजिट भिषा प्रकरणबारे छानबिन गरिरहेको समितिले महाराजगन्जस्थित एक ट्राभल्स एजेन्सीमा छापा मारेको छ । सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले भिजिट अबरोड टुर्स एण्ड ट्राभल्समा छापा मारेको हो ।
स्पेनको सेभिल्लामा असार १६ देखि १९ सम्म आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन सो ट्राभल्सले फर्जी कागजात बनाएर मानिसहरू पठाएको आशंकामा छापा मारिएको जनाइएकाे छ ।
स्पेनमा मानिस पठाउन ट्राभल्सको संलग्नता रहेको सूचनाका आधारमा छापा मारेपनि सो प्रकरणसँग सम्बन्धित कुनै प्रमाण नभेटिएकाे पनि बताइएकाे छ ।
Comments

