काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख अहिराज भन्ने राजेश झा विरूद्ध बलात्कारको मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको हो।

पक्राउ परेको १० औं दिनमा मुद्दाको अनुसन्धान तथा अभियोजन सकेर अदालतमा दायर गरेको हो। उनी साउन ४ गते पक्राउ परेका थिए।

उनीमाथि बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ। गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।