काठमाडौं । तार्केश्वर नगरपालिकाले मृर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई पालिकामा आएर नविकरण गर्न अनुरोध गरेको छ ।
नगरपालिकाले औषधीउपचार बापतको खर्च लिइरहेका लाभग्राहीलाई अनिवार्य नविकरण गर्न भनेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै साउन मसान्त भित्र नविकरण नगरेमा उपचार खर्च छुट नहुनेतर्फ सचेत गराउँदै त्यसपछि सम्पर्कमा आएमा स्वयं व्यक्ति नै जिम्मेवार हुने समेत जनाएको छ ।

Comments






