काठमाडौं । ललितपुर महानगरपालिकाले भवन लगायत भौतिक संरचनाहरुको नियमित/अभिलेखीकरण गर्न ६ महिना म्याद थप गरेको छ ।


असार २९ गतेको नगर सभाबाट महानगरभित्र प्रचलित कानुन बमोजिम नक्सा स्वीृकत गरी वा नगरि निर्माण भएका तथा स्वीकृत नक्सामा हेरफेर, परिवर्तन वा थपघट गरी निर्माण भएका संरचनाहरुलाई नियमित÷अभिलेखीकरण गर्न ६ महिना म्याद थप गर्ने निर्णय भएको भन्दै महानगरपालिको म्याद भित्रै निवेदन पेश गर्न अनुरोध गरेको छ ।


६ महिना पछि म्याद नाघेर पेश भएका निवेदनमाथि कुनै पनि कारबाही नहुने महानगरपालिकाले जनाएको छ । थप जानकारीका लागि महानगरपालिकाको बेवसाइटमा राखिएको सूचना हेर्न सकिनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।