काठमाडौँ । आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.५० अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा १।०६ अंकले घटेपछि समग्र नेप्से २ हजार ९ सय २२.६३ अंकमा ओर्लेर बन्द भएको छ । सो दिन कारोबारमा आएकामध्ये ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटाको घट्यो ।
बिहीबार १ लाख ६८ हजार ५ सय ९४ पटकको कारोबारमा ३ करोड ६८ लाख ७१ हजार २ सय ४४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनीबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से ३१ अंकले घटेको हो । सो दिन फाइनान्स उपसमूहको परिसूचक १।१८ प्रतिशतले बढेको छ ।
Comments







