काठमाडौँ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

यसअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर भएको छ । करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।