काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ ।

सिभिल अस्पतालमा उनको मृत्यु भएको हाे । मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।

शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।