सन नेपाल लाइफ इन्स्योरेन्सको बेवसाइट नै बन्द

काठमाडौं । कर्मचारीको सेयर सम्बन्धी विवादपछि कमजोर बन्दै गएको सन नेपाल लाइफ इन्स्योरेन्सको बेवसाइट नै बन्द भएको छ ।

कम्पनीको आधिकारिक बेवसाइट सनलाइफ डटकम डट एनपी केही दिनदेखि बन्द भएको हो ।

उक्त बेवसाइट खोल्दा ५०२ ब्याड गेटवे देखाउँछ । उक्त बेवसाइट डाउनका विषयमा कम्पनीले अहिलेसम्म आधिकारिक रुपमा केही पनि उल्लेख गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीको सेयर हिनामिनाको विषयमा अदालतमा मुद्दा परेको छ भने सिआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

कर्मचारीकै सेयर बाँडफाँडमा विवादमा परेको इन्स्योरेन्सको वित्तिय स्वास्थ्य कमजोर बन्दै गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।