काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी मुद्दा दायर गरेको छ ।

विभिन्न ५५ जनालाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा दिवंगत भईसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा तत्कालिन नेकपा एमाओवादी केन्द्रका नेता पोष्ट बहादुर बोगटीलाई पनि विपक्षी बनाइएको छ । उनकाे २०७१ भदौ ३० गते निधन भएकाे थियाे ।

स्व. बोगटीको नाम ५२ औैं नम्बरमा रहेको छ । मन्त्रीको हैसियतमा उनी नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत हुने प्रावधान छ ।

उनको हकवालाको रुपमा राममाया बोगटीलाई उल्लेख गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । आरोपीसँग अख्तियारले ८ अर्ब बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।