काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् । विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो । उनलाई धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै अदालतले थुनामा पठाउने आदेश गरेको हो ।
भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
Comments








