वीर अस्पतालमा नबिल बैंककाे सर्भर चलेन, ओटीका बिरामीले समेत बिल तिर्न पाएनन्

काठमाडाैं । नबिल बैंककाे वीर अस्पतालस्थित काउन्टर डाउन भएकाे छ ।

बैंककाे सर्भर नचल्दा सयाैं बिरामी प्रभावित भएका छन् । अपरेशन गर्नुपर्ने बिरामीले समेत बिल तिर्न नपाउँदा अपरेशन नै प्रभावित भएकाे छ । बिल तिर्न नपाएपछि ओटी गर्नुपर्ने, आजै चेकजाँच गर्नुपर्नेहरू सबैभन्दा बढी मारमा परेका छन् ।

बैंकले अब दुई घण्टापछि मात्र सर्भर चल्ने जानकारी दिएकाे छ । लामाे लाइनमा बसेका बिरामी तथा आफन्तहरू भने बैंकसँग असन्तुष्ट बनेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।