काठमाडौँ । बढुवा समितिको सचिवालयले उपसचिवस्तरका पाँच जना कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका कर्मचारीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा समितिको २०८२/०९/०५ को निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत विभिन्न उपसमूहका पाँच जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश भएका छन्।

सूचीअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (जनरल उपसमूह) तर्फ गौरी कुमार श्रेष्ठ, वैकुण्ठ अर्याल र रामकुमार श्रेष्ठ बढुवाका लागि सिफारिस भएका छन्।

त्यसैगरी सिभिल इन्जिनियरिङ समूह (हाइवे उपसमूह) तर्फ राजेश प्रसाद पौडेल र सिभिल इन्जिनियरिङ समूह (बिल्डिङ एन्ड आर्किटेक्चर उपसमूह) तर्फ झप्पर सिंह विश्वकर्मालाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।